
काठमाडौं, २३ पुस । माछापुच्छ्रे बैंकले मृतक सुदीप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । मृतक सुदीप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहेको थियो । उनको दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले कार्कीको हकवालालाई रकम भुक्तनी गरेको हो ।
उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बि. के. श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरे ।
कार्कीको दुर्घटनामा मृत्यु भएको थियो । माछापुच्छ्रे बैंकमा तलब व्यवस्थापन बचत खातामा ६ दशमलव ५ प्रतिशत ब्याजदर रहेको छ ।
बैंकले हाल देशभरका ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर तथा ५२ शाखारहित बैकिङ्ग सेवा र १११ वटा एटीएमबाट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया