३ कार्तिक २०८३, मंगलबार

सुनको मूल्य स्थिर

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । आइतबारको तुलनामा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पनि आइतबारको मूल्य बराबर नै हो ।

यस्तै चाँदी भने तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ ।