१ कार्तिक २०८३, आइतबार

ए’ डिभिजन लिग : मछिन्द्रलाई हराउँदै चौंथो भयो त्रिभुवन आर्मी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ पुस । विभागीय टोली त्रिभुवन आर्मी क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

आइतबार हल्चोकस्थित मैदानमा लिगको अन्तिम खेलमा मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले चौथो स्थान पक्का गरेको हो । आर्मीका लागि कप्तान भरत खवासले दुई तथा टङ्क बस्नेतले एक गोल गरे । मछिन्द्रवरुद्धको खेलमा २९औँ मिनेटमा टङ्कले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफपछि आर्मीले थप दुई गोल ग¥यो ।

खेलको ६२औँ मिनेट र ७३ औं मिनेटमा भरतले गोल गरेका थिए । आर्मीले अहिलेसम्म लिगको उपाधि जित्न सकेको छैन । मछिन्द्र १३ खेलबाट सात अङ्क जोडेर लिगको १३औँ स्थानमा छ । –रासस