१२ कार्तिक २०८३, बिहिबार

माछापुच्छ्रे बैंकले थप्यो रियल टाइममै खाता खोल्न मिल्ने ८ शाखारहित बैंकिङ्ग सेवा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग, भोजपुर र डडेलधुरामा गरी ८ शाखारहित बैंकिङ्ग सेवा एकै पटक सञ्चालनमा ल्याएको छ ।

बैंकले खोटाङ्गमा हलेसी तुबचुङ्ग नगरपालिकास्थित अर्खौले र राजापानीमा २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
यस्तै डडेलधुरामा वागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

भोजपुरमा पर्नेट्याम्के मैयुङ्गाँउपालिको कोट र पाँचधारेमा शाखारहित सेवा सञ्चालनमा आएको छ । यस्तै सदानन्द नगरपालिको साङ्पाङ् र पौवाडुङ्मा गाउँपालिकाको च्याङ्रेमा गरी ४ ओटा शाखारहित सेवाको एकैपटक शुरुवात भएको छ ।

योसहित बैंकका हालसम्म ५२ ओटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका बैंकले जनाएको छ ।

बैंकका हालसम्म देशभर ८८ वटा शाखाहरु तथा २ एक्सटेन्सन काउण्टर रहेका छन् । यस्तै बैंकले देशभरका १ सय १० वटा एटीएमहरुबाट पनि बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।