१२ कार्तिक २०८३, बिहिबार

सकियो माछापुच्छ्रे बैंकको २० औं साधारणसभा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । माछापुच्छ्रे बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

यस्तै बैंकको सञ्चालक समितिको शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखा परीक्षकको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. बिरेन्द्रप्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध चयन गरेको छ ।

यस्तै साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले डा. बिरेन्द्रप्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित रहेको बैंकले जनाएको छ ।

बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमाससम्ममा रु.३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ असोज मसान्त सम्ममा रु. ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी रु. ७१अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकका हाल देशभर ८८ वटा शाखाहरु रहेका छन् । बैंकले २ एक्सटेन्सन काउन्टर, ५२ शाखारहित बैकिङ्ग सेवा र १०८ वटा एटीएमबाट पनि बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।