
काठमाडौं, २० पुस । एनआईसी एशिया बैंक लिमिटेडले झापाको दमकस्थित फाल्गुनन्द चोकमा नयाँ शाखा विस्तार गरेको छ ।
शाखाको एनआईसी एशिया बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । सो क्रममा उनले दुर्गम तथा ग्रामीण भेगमासमेत बैंकले वित्तिय सेवा दिईरहेको बताए ।
बैंकका देशभर २ सय ७० शाखाहरु रहेका छन् । यस्तै बैंकले देशभरका विभिन्न स्थानमा रहेका २ सय ८९ एटीएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया