१२ कार्तिक २०८३, बिहिबार

पाँचौ नवलपुर महोत्सवको तयारी सुरु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कावासोती, १९ पुस । माघ १७ देखि सुरु हुने पाँचौ नवलपुर महोत्सवको तयारी सुरु भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव सफल पार्न संघका अध्यक्ष डासुराज पोखरेलको संयोजकत्वमा १०५ जना सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको छ ।

महोत्सव स्थल कावासोती–३ को बरचुली बौद्व गुम्बामा बिहीबार भएको बृहत भेलाले समिति गठन गरेको हो । बिहीबार ७५ सदस्य तय भएको र बाँकी ३० जनालाई मनोनित गर्ने गरी समिति गठन गरिएको महासचिव बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिए ।

संघका बरिष्ठ उपाध्यक्ष पुष्प पाण्डेको संयेजकत्वमा अतिथी सत्कार समति गठन गरिएको छ भने महासचिव अर्यालको संयोजकत्वमा सचिवालय व्यबस्थापन समिति गठन गरिएको छ । भेलाले संघका कोषाध्यक्ष केशव राज भट्टराईको संयोजकत्वमा अर्थिक समिति गठन गरेको छ भने महोत्सवमाहुने गण्डकी प्रदेश स्तरिय लोकदोहोरी गितप्रतियोगिताको संयोजकमा तेज बहादुर केसीलाई चयन गरेको छ ।

भेलामाबोल्दै संघका अध्यक्षपोखरेलले महोत्सव सफल गराउन सबै क्षेत्रको सहयोग चाहिने भएकाले सबैको सल्लाह सुझावमार्फत अघि बढ्ने प्रतिबद्वता व्यक्त गरे ।