१२ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकका थप दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । एनआईसी एशिया बैंक लिमिटेडले यु. के. एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुलामा दुई ओटा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ ।

महाकाली नगरपालिका–७ धाप र महाकाली नगरपालिका–९ दत्तुमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका हुन् ।

महाकाली–७, धापको शाखारहित बैंकिङ्ग सेवाको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले उद्घाटन गरे । यस्तै महाकाली–९, दत्तुमा सेवा सुभारम्भ गरेको शाखारहित बैंकिङ्ग सेवाको सोही वडाका अध्यक्ष हर सिंह डाँगाले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

बैंकका हालसम्म देशभर २ सय ७० शाखाकार्यालयहरु, २ सय ८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।