
काठमाडौँ, १८ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले बुधबार काठमाडौँ महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो । शाखाको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ गरे ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ । बैंकले शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु र ५१ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १३९ स्थानबाट सेवा प्रवाह गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा छन् ।















प्रतिक्रिया