
काठमाडौँ, १६ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा ल्याएको छ । बैंकले सरल, सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।
देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । यो सुविधाको सुरुवात सँगै बैंकमा खाता खोल्न बैंक धाउनु पर्ने पारम्परिक परिस्थितिको न्यूनिकरण हुने विश्वास बैंकले लिएको छ ।
यसबाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको वेवसाइटबाट खाता खोल्न सक्नेछन् । यस अगावै पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले अनलाइन आस्वा, डिम्याट, केवाईसी, मेरो शेयर, स्मार्ट बैंकिङजस्ता ग्राहकमुखी सुविधाहरू प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिइन् ।
नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया