
काठमाडौं, १४ पुस । प्रभु बैंकले लिमिटेडले गोरखाको बारपाकमा नयाँ शाखा कार्यालयको स्थापना गरी सेवाको सुरुवात गरेको छ । बैंकले बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाक शाखा कार्यालय स्थापना गरी बैंङ्किङ सेवाको सुरुवात गरेको हो ।
शाखाको पूर्वउप–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
कार्यक्रममा बोलदै श्रेष्ठले २०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा शाखा कार्यालय खोलेर सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराएको प्रभु बैंकप्रति आभार व्यक्त गरे ।
यस्तै कार्यक्रममा पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भूकम्प पिडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा कर्जा दिन उद्देश्यले बैंकको रहेको कुरा प्रसंशनीय रहेको बताए ।
बैंकको बारपाक शाखाबाट सबै किसिमका बैंकिङ सेवाहरु उपलब्ध हुने प्रभु बैंकले जनाएको छ ।















प्रतिक्रिया