१ कार्तिक २०८३, आइतबार

इंग्लिस प्रिमियर लिगमा वेष्टह्याम युनाइटेड विजयी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम युनाइटेडले साउथ ह्याम्पटनलाई पराजित गरेको छ।

साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्टह्याम २–१ ले विजयी भयो। उसका लागि दुबै गोल फेलिपे एन्डर्सनले गरे। गएको जुलाईमा साउथ ह्याम्पटनमा ३६ मिलियन पाउन्डमा लाजियोबाट आएका फेलिपेको यो ८ ‌औं गोल हो । साउथ ह्याम्प्टनका नाथन रेडठमण्डले एक गोल फर्काएका थिए।

जितसँगै वेष्ट ह्याम युनाइटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । जारी लिगमा ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।

४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यानचेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा छ। एजेन्सी