
काठमाडौं, १२ पुस । एनआईसी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका का.मु.प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब बैंकका ग्राहकहरुले देशैभरका शाखाहरुबाट सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीका जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका हाद देशैभर २ सय ७० शाखाकार्यालयहरु रहेका छन् । यस्तै बैंकले २ सय ८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया