काठमाडौं, माघ १८ । वित्तीय संस्थाका ज्ञाता अशोक शेरचनलाई प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ ।
बैंक संचालक समिति शुक्रबारको बैठकले शेरचनलाई सिइओमा नियुक्त गरेको हो।
यसअघि बैंकका कायममुकायम कार्यकारी प्रमुख शेरचनले जिम्मेवारी थपिएको प्रतिक्रिया दिए ।
प्रभु बैंकको सिइओबाट कुमार लम्साललाई हटाइएपछि शेरचनलाई जिम्मेवारी दिइएको हो ।
विभिन्न बैकहरुमा काम गरिसकेका शेरचनसंग १७ वर्षको अनुभव छ ।















प्रतिक्रिया