
काठमाडौं, ११ पुस । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्रहाकहरुलाई मध्यनजर गराउँदै फेसबुकमा साथी नामको च्याटबुट सञ्चालनमा ल्याएको छ ।
बैंकले “बैंक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि” को भावनाअनुरुप प्रबिधिमा आएको विकासलाई ध्यान दिँदै साथी नामको फेसबुक च्याटबुट सञ्चालनमा ल्याएको जनाएको छ ।
यो प्रविधिको प्रयोग गरी ग्रहाकहरुले विभिन्न जिज्ञासा राख्न सक्ने र आधिकारिक जवाफ पाउने बैंकले जानकारी दिएको छ ।
बैंकका हाल देशभर २ सय ७० शाखाकार्यालयहरु रहेका छन् । यस्तै बैंकले २ सय ८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया