
अमेरिका । अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधाम साथ क्रिसमस अर्थात् ईसाई पर्व मनाएका छन् । अमेरिकाका विभिन्न राज्यहरुमा समयको फरक हुनाले यो क्रम जारी रहेको छ । अमेरिका आएका नेपालीहरु मध्ये ईसाई धर्म अपनाउनेले मात्र नभई हिन्दु धर्मावलम्बीहरुले पनि उत्साहपूर्वक क्रिसमस मनाएका छन् ।
यो पर्व मात्र नभई अमेरिकामा रहेका सबै जसो चाडपर्वहरु पनि नेपाली समुदायले मनाउने गरेका छन् । यसको साथै आफ्ना चाडपर्व दशैँ , तिहार, तीज, नयाँ वर्ष, छठ, नेपाल सम्बत, ल्होछार पर्व पनि मनाउदै आरहेका छन् । आफ्ना छोराछोरीलाई आफ्ना संस्कृति, चाडपर्व , भाषा परम्परालाई उत्तिकै उच्च प्राथमिकताको अभिभावकले सिकाई रहेका छन् ।
यसको साथै नेपाली समुदायको जनघनत्व ९० को दशकदेखि नै बिजगणतीय रुपमा वृद्धि हुदै गएको र तीन पुस्ते समेत जम्मा हुन् थालेकोले अमेरिकामा मनाइने चाडपर्व मध्ये क्रिसमसलाई पनि महत्वका साथ मनाउनेन गरेका छन् ।
मिठा खानाका परिकार बनाएर खाने र ठाउँ ठाउँमा सजावट गरिएका स्थानहरुमा परिवार सहित घुमघाम गर्ने समेत गरिन्छ । नेपाली समुदायले क्रिसमसमा आफ्ना साथीभाई, आफन्त परिवारबीच शुभकामनापत्र आदान प्रदान समेत गरेका छन् ।
अमेरिकामा नेपाली समुदायका अमेरिकामा जन्मेका दोश्रा पुस्ताका सन्तानहरु पनि बढ्न थालेकोले उनीहरुलाई साथ दिन यो पर्व मनाउने क्रम वृद्धि हुदै गएको छ । क्रिसमसको अघिल्लो दिनदेखि नै आफन्त, साथीभाई, इष्टमित्र परिवार साथ जाने र रमाइलो गरेका छन् ।















प्रतिक्रिया