करिब ३ बर्षको कतार बसाईपछि आज फेब्रुअरी १ तारिख (आइतबार) को दिन उनको नेपाल फर्कने योजना थियो । नेपाल जाने जहाजको टिकट लिन कम्पनीको डिउटी सकेर शनिबार साँझ करिब ७ बजे उनी अफिस जाने क्रममा थिइन् । तर, सडक पार गर्दागर्दै गाडीले ठक्कर दिएर उनको प्राणपखेरु दुर्घटनास्थलमा नै उड्न पुग्यो ।
‘आफ्ना लालाबालालाई कहिले भेटुँ र अंगालोमा भरेर आफ्नो मातृ ममत्व दुई सन्तान माथि खन्याउँ’ भनेर आतुरिएकी सविनाले न त त्यो इच्छा नै पूरा गर्न पाइन्, न त झण्डै झण्डै आफ्नै आमाको अनुहार बिर्सिन लागिसकेका सविनाका बाबुविहीन छोराहरुले आफ्नी आमाले आँगन टेकेको हेरेर रमाउँदै मख्खिने त्यो दिन अब भोग्न नै पाउने भए ।
















प्रतिक्रिया