१ कार्तिक २०८३, शनिबार

टेक्ससमा एचडीएनपी इन्टरनेसनलद्वारा घरबारबिहीनलाई कम्बल वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबारबिहीनलाई एक बिशेष कार्यक्रममा न्यानो कम्बल बितरण गरेको छ ।

असहाय, घरबारबिहीन र मागेर समेत जीविकोपार्जन गर्दै आएका गरिव समुदायलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको सँस्था एचडीएनपी इन्टरनेसनलले ड्यालसको फोर्टवर्थ युनिटी पार्कमा ३ सय ७४ कम्बल वितरण गरेको छ ।

अमेरिकामा निकै जाडो बढ्दै गरेको अवस्थालाई मध्य नजर गर्दै एचडीएनपी इन्टरनेसनलले डिसेम्बर तारिखमा पर्ने इशाई पर्वको एक दिन अगाडि कम्बल वितरण गर्न सफल भएको छ ।

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी डेविड आचार्यले यो मानवीय कार्यमा सहयोग गर्नु हुने बिशेष प्रोजपेरिटि बैंकका ब्रेट ,बाल जोशी तथा बासु भण्डारी लगायत युवा कार्यकमका संयोजक श्रीयम जोशी लगायत स्वयम् सेवक तथा सबैमा धन्यबाद दिएका छन् ।

उक्त कम्बल बितरण गर्नेहरुमा श्रीयम जोशी स्वयम संयोजक रहेका थिए उनले १ सय १५ ,डा बिष्णु उपाध्यायले ३०,किम्बर्ले फ्रीटज प्याट्रिकले ७५ ,पुण्य फाउन डेसनले ४० ,नरेश राज पाण्डेले २० ,ड्यालस फिलिपिनो लाइन्स क्लबले २०, श्री सत्य साइ केन्द्रले १० ,संगीता स्थापितले १० ,सबिना श्रेष्ठले ५,बिष्णु गुरुङले ५ ,जेरेमिहा ड्रीग्गरले ५ तथा एचडीएनपी टोलिले ५९ वटा कम्बल वितरण गरेको थियो ।

यसै गरि यो संस्थाको शाखा रहेको नेपालले पनि हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवारबिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई बिशेष सहयोग प्रदान गर्दै आएको छ ।

टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना कालदेखि नै घरबाहरबिहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको लाई निरन्तरता दिएको छ ।

संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्नेदेखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।