
काठमाडौं, ९ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरुलाई नेपाल क्यान्सर अस्पतालमा विशेष किसिमको छुट हुने भएको छ ।
बैंकका सबै ग्राहकहरुलाई अस्पतालले तोकेको शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।
समझदारीपत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।
अब बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल, हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकका हाल करिब छ लाख ग्राहकहरु रहेका छन् ।















प्रतिक्रिया