३ कार्तिक २०८३, मंगलबार

अस्पतालको जग्गा खरीद गर्न १० लाख सहयोग

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट, ७ पुस । बागलुङ जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गर्नुभएको छ ।

केन्द्रले अस्पताल निर्माण गर्न थालेको सुविधा सम्पन्न तीन तले भवन निर्माणका लागि आवश्यक पर्ने सात रोपनी जग्गा खरीदका लागि सहयोग प्राप्त भएको बागलुङ नगरपालिका–१३ पैयँुपाटाका वडाध्यक्ष नारायण पौडेलले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घका केन्द्रीय उपाध्यक्ष तथा ग्लोबल आइएमई बैकका अध्यक्ष समेत रहनुभएका ढकालले आफू जन्मेको ठाउँमा निर्माण हुन थालेको प्राथमिक अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘‘आफू जन्मेको ठाउँका जनता स्वास्थ्य सेवा प्राप्त गर्न बाहिर जान नपरोस् भनेर सहयोग प्रदान गरेको हुँ’, ढकालले भन्नुभयो, “म जस्तै सहयोगीको रकमबाट नै सुविधा सम्पन्न अस्पातल निर्माण हुनेछ ।”

‘पैयुँपाटा स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्राथमिक अस्पताल निर्माणको कानूनी प्रक्रिया अगाडि बढाइएको वडाध्यक्ष पौडेलले बताउनुभयो । पौडेलका अनुसार रु १३ लाखमा खरीद गरिएको जग्गामा अपुग भएको रकम वडा कार्यालयले व्यवस्थापन गर्नेछ । करीब रु पाँच करोड लागतमा तीन तलाको सुविधा सम्पन्न भवन निर्माण गर्ने स्वास्थ्य केन्द्रको लक्ष्य रहेको छ । –रासस