१ कार्तिक २०८३, आइतबार

१९ वर्षीया युवतीले सारिन् तीन सयभन्दा बढी पुरुषलाई एचआइभी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rape-Sex

नैराबी, १८ माघ । बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने कुरा एचआइभी संक्रमण फैलाउँदै हिँडेकी एक १९ वर्षीया किशोरी उदाहरण बनेकी छन् ।

कलेज पढ्दै गरेकी ती किशोरीले अहिलेसम्म तीन सयभन्दा बढी पुरुषलाई जानाजानी एचआइभी संक्रमित बनाइसकेको खुला रुपमा स्वीकार गर्दै वर्षको अन्त्यसम्म यो संख्या २ हजार पु¥याउने लक्ष्य रहेको समेत बताइन् ।

सामान्यतया एक पुरुष एक आकर्षक महिलासँग सुत्न लालायित नै हुन्छ । तर, एचआइभी संक्रमित भएको अवस्थामा १९ वर्षकै विद्यार्थी भए पनि उनीहरु पछाडि हट्छन् ।

केन्याको नाकुरुस्थित काबाराक युनिभर्सिटीमा अध्ययन गरिरहेकी उनले ३ सयभन्दा बढी पुरुषलाई एचआइभी सार्न सफल भएको स्वीकार गरिन् ।

केन्याको डेली पोस्टका अनुसार उनले पहिलोपटक सन् २०१३ सेप्टेम्बर २२ को रात यौन सम्पर्कको अनुभव लिएकी थिइन् ।

आफूभन्दा सिनियर विद्यार्थीले आफूलाई एचआइभी सारिदिएको बदला लिन उनी यस्तो कार्यमा लागेकी आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।