काठमाडौं, १८ माघ। जनमुक्ति सेनाका पूर्वब्रिगेड कमान्डर लालबहादुर रोकायाको निधन भएको छ।
रोकायाको रामारोशन गाविस ९ स्थित आफ्नै गाउँमा मृत्यु भएको अवस्थामा शव फेला परेको हो ।रोकायाको निधन रहस्यमय ढंगले भएको छ । उनले माघ १४ गते साँझ साथीहरुसँग एक पसलमा बसेर खानपिन गरेका थिए । तर सोही रात उनको मृत्यु भएको भन्दै साथीहरुले शव बोकेर घर लगेपछि घटना थप रहस्यमय बनेको हो । जनमुक्ति सेनाका पूर्वब्रिगेड कमान्डरसमेत रहेका रोकाया एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षागार्डसमेत थिए । ३५ वर्षका रोकायाले शान्ति प्रक्रियाको शुरुदेखि लामो समयसम्म प्रचण्डको सुरक्षागार्डका रुपमा काम गरेका थिए ।
जिल्ला अस्पताल मंगलसेनमा पोस्टमार्टमपछि शुक्रबार रोकायाको शव घर लगिएको आजको समाचारपत्र दैनिकमा खबर छ । निधनको कारण भने खुल्न सकेको छैन् । रोकायाको मृत्युको कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने एमाओवादी अछामका एक जिल्ला कमिटी सदस्यले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय उनी जाँडरक्सी पिउनेलगायत गतिविधिमा संलग्न रहेकाले बढी पिएका कारण हो या के कति कारणले मृत्यु भएको थाहा भएन् ।’















प्रतिक्रिया