३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको बैकुन्ठेमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ पुस । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय रामप्रसाद राई गाउँपालिका वडा नं ६, भोजपुरस्थित बैकुन्ठेमा संचालनमा आएको छ । शाखाको रामप्रसाद राई गाउँपालिका प्रमुख विजय राईले शुक्रबार उद्घाटन गरे ।

बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष राठीले जानकारी दिए ।

बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।