
काठमाडौँ, ६ पुस । आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा मोरङको उर्लाबारीमा शाखा कार्यालय विस्तार गरेको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले शाखा कार्यालयको उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै फागुले बैंकको प्रगतिको कामना गरे । उनले बैंकिङ व्यवसाय प्रवर्द्धनको शुभकामना पनि व्यक्त गरे ।
शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोबिन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
हालै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना पनि सञ्चालनमा ल्याएको सूचना अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।















प्रतिक्रिया