२९ आश्विन २०८३, बिहिबार

आँखा खोलेर निदाउन सकिँदैन कामरेडहरू !

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एक जना कम्युनिस्ट पार्टीको सदस्यता लिएका तर पेशामा पत्रकारिता गर्छु भन्ने पर्चाकारले भन्नुभयो– किन सरकारविरुद्ध यसरी खनिनुभएको ?

मैले तिनलाई जवाफ दिएँ– म मुख्य विपक्षी नेपाली कांग्रेस होइन !

उनले अर्को प्रश्न तेर्साए– तपाईले मन्त्री, सरकारका अनेक पात्रविरुद्ध जुन किसिमले प्रहार गर्नुभएको छ, त्यो त कांग्रेसभन्दा पनि चर्को देखिएन र ?

मैले उत्तरको अर्को झटारो हानें– मेरो पत्रकारिताको पहिलो शिक्षा नै सँधैभरी प्रतिपक्षी हुन्छ भन्ने थियो । तपाईको जस्तो छैन ।

उनले थोरै फकाउन खोजे– तपाई पनि त कम्युनिस्ट नै हो नि !

मेरो हठ्ठी अडान पछारें– तपाई कम्युनिस्ट, म चाहीँ ‘कमन इष्ट’ ।

सगर्व मेरो च्यालेन्ज छ– मन्त्री ज्यु हुनुभएका कामरेडहरू म तपाईहरूले खाने ब्रान्डका हरेक रक्सीहरू खुवाउन सक्ने श्रमजीवि बनिसकेको छु । मेरो पेशालाई गाली गर्ने कथित कामरेडहरू आउनुहोस् तपाईलाई म एक बोतल रक्सीमा किन्न चहान्छु । तपाई बेचिनुहुन्छ मसँग ?

पेशालाई दाउमा राखेर भक्तिगान गाउनका लागि पत्रकारिता गरिँदैन । पत्रकारिताको काम पर्चाकारिता पनि होइन । सफलताको काम, संघर्षको मैदानमा उत्रिएका अनेक मान्छे मेरा इष्टहरू हुन् । त्यसकारण उनीहरूले मलाई दुष्ट देख्दैनन् । कर्ममा जो दुष्ट्याँई गर्छन् तिनले मलाई इष्ट ठान्दैनन् । विचार र मत मेरा निजी जीवनका गोप्य हतियार हुन् । जसको प्रयोग मैले चित्र होइन, चरित्र हेरेर गर्ने गरेको छ । बाहिर चना बाँडेर भित्र मासु हसुर्दै मत माग्नेहरूको चालासँग म मैत्रीभाव राख्न सक्तिन । त्यस्ताका कथित भक्तहरूलाई देखाउने एउटै उदाहरण र प्रश्न छ ।

विनोद ढकाल, लेखक

जाऊ तिम्रा नेताको रवाफ हेर ! तिनले बस्ने घर, साजसज्जा र चढ्ने गाडीको मुल्य सोध ! जाऊ तिमिलाई मत दिने जनताको झुपडीमा तोरीको तेल कति थोपा बाँकी छ, त्यो पनि खोज । म आँखा खोलेर निदाउने बाहना गर्न सक्तिन । मेरा, धर्म र कर्मको क्षेत्रफल मैले रोजेको पेशाको ‘इन्टिग्रिटी’सँग जोडिन्छ । आँखा खोलेर निदाएको अभिनय गर्नेहरूमा म पर्दिन कामरेडहरू !

तपाईका एक मन्त्रीले पत्रकारिता सिकाउनुहुन्छ । त्यतिमात्र होइन, तपाईका मन्त्रीले भन्नुहुन्छ– एक पेग रक्सीमा विक्छन् पत्रकारहरू ! उहाँले तपाईलाई चिन्नुभएको छ, तपाईबाहेककालाई चिन्ने मौका पाउनु भएको छैन । सगर्व मेरो च्यालेन्ज छ– मन्त्री ज्यु हुनुभएका कामरेडहरू म तपाईहरूले खाने ब्रान्डका हरेक रक्सीहरू खुवाउन सक्ने श्रमजीवि बनिसकेको छु । मेरो पेशालाई गाली गर्ने कथित कामरेडहरू आउनुहोस् तपाईलाई म एक बोतल रक्सीमा किन्न चहान्छु । तपाई बेचिनुहुन्छ मसँग ?

तपाई दलाल, ठेकेदार, कर छली गर्ने र यो देशलाई खोक्रो बनाउने कुतत्वसँग बिक्रि भइसक्नु भएको छ । तपाईको मूल्य सिंहदरबारको वरिपरि घुम्ने बिचौलियाहरूले तय गर्छन् । एउटा प्रस्तावमाथि तपाईको मुल्य तय हुन्छ । त्यहि मुल्यमा तपाईका अनेक हस्ताक्षरका रेट कायम हुन्छन् । कालिजको मासु, रक्सीको ब्रान्ड र भेट्ने स्थान तय हुन्छन् । तपाईले अनि हामीलाई पत्रकारिता सिकाउने ?

सामाजिक सञ्जाल ट्वीटरमा अहिले एउटा स्क्रिनसर्ट निक्कै चर्चामा आएको छ ।

आफ्नो पोल्टामा हिराका हार र जनताका बारीमा किरा सरोबर नपारिदिऔं । मिडियाले मिसनका आधारमा सरकारविरुद्ध प्रहार गरेको छैन । दैलोमा केजाती गरेर शौचालय गाछु नभनम्

नेकपाका नेता, पूर्वपत्रकारहरू, बाहलवाला पार्टीकारहरू कम्तिमा अलिकति लाजको पनि इज्जत राखिदिनुहोला– पत्रकारमाथि नै कारबाहीको माग गरेर आफ्नै हुर्मत नलिऔं न क्या । लाज पचाएर भ्रष्टाचार गर्ने महान् र साधु, त्यसलाई जनतामा पुराइदिने अपराधी नभनम् । कम्युनिस्टलाई बहुमत देश लुट्न दिएको होइन । जुन देशका हरेक तहका नियुक्तिमा आफ्नै कार्यकर्तासँग करोडौं कमिशन मागिन्छ, त्यो देशमा लाज त हुँदैन तर त्यसको थोरै इज्जतचाहीँ हुन्छ । बुझिदिम् प्रभु ।

कामरेडहरूको सत्ताच्युतको खेतीपाती कसैले गरेको छैन । सत्ताको भोक प्यास मेटिने गरी जनताले मत दिएका छन् । यति हुँदा कम्तिमा एक प्रतिशत भए पनि जनताको काम गरिदिऔं, प्रभु ! आफ्नो पोल्टामा हिराका हार र जनताका बारीमा किरा सरोबर नपारिदिऔं । मिडियाले मिसनका आधारमा सरकारविरुद्ध प्रहार गरेको छैन । दैलोमा केजाती गरेर शौचालय गाछु नभनम् ।

आँखा खोलेर ब्युँझिएर आफ्ना नेतालाई सोधौं– सुनपानी छर्कनुपर्छ कि पर्दैन ? अर्को सोधौं धर्मान्तरको महाकुम्भमा जनतालाई दुख दिन मिल्छ कि मिल्दैन ? अर्को थपौं, जनता हिँड्ने बाटो रोकेर आफैंमात्र दौडनुलाई के ठान्नुहुन्छ ? अझै जोडौं, गाडी माथि गाडी चढेर ढिकुटी रित्तो बनाउनु राज्यकोष दुरुपयोगमा कति प्रतिशत सहनशीलता हो ?

अरुका खोट कोट्याउने तपाई कामरेडहरूको प्रवित्तिप्रति दया लाग्दैगर्दा चाणक्यको एउटा तर्कलाई अघि सार्दै बिट मार्छु – अर्काको गल्तीबाट सिक्नुहोस् । आफैंमाथि प्रयोग गरेर सिक्दा आयु कम हुनसक्छ !

जोड्ने र थप्ने कुरा धेरै छन् । तपाईका एकाध नेतालाई सोध्नुहोला, नातावाद भनेको तपाईकै जस्तो चरित्र हो की अर्को हुन्छ ? तपाईका माथिदेखि तलसम्म भीआइपी पदमा रहेका मन्त्री नेतालाई सोध्नुहोला के कम्युनिस्टले आफ्ना सन्तानलाई मात्र भिटो पावरको दुरुपयोग गर्न दिएका दुनियाँमा इतिहास छन् ?

तपाईले प्रश्न तेर्साउँदै गर्दा, अरुलाई दोष दिएर आफू निर्दोष भएको सावित गर्न खोज्दा, निष्ठा कति नमिठोसँग रोइरहेको होला ? प्रतिष्ठा भन्ने चिजको कति नमज्जाको खिल्लि उडेको होला ? श्रमको कुरा विधानमा लेखेर पास गर्दा, श्रमिक छिर्न नपाएको त्यो पीडाले कति आत्मग्लानी गरिरहेको होला ?

अरुका खोट कोट्याउने तपाई कामरेडहरूको प्रवित्तिप्रति दया लाग्दैगर्दा चाणक्यको एउटा तर्कलाई अघि सार्दै बिट मार्छु – अर्काको गल्तीबाट सिक्नुहोस् । आफैंमाथि प्रयोग गरेर सिक्दा आयु कम हुनसक्छ !