५ कार्तिक २०८३, बिहिबार

यी हुन पूर्व प्रेमिकाको बिहेभोज खान नगएका चर्चित नायक

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । दीपिका पादुकोणले इटलीमा विवाहपछि डिसेम्बर १ तारिखमा बलिउडका साथीहरूका लागि मुम्बईमा रिसेप्सन दिएकी थिइन् ।

यसमा थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो तर दीपिकाका पूर्व प्रेमी रणबीर कपूर भने देखिएनन् । ब्रेकअपपछि पनि दुई राम्रा साथी हुन् । त्यसकारण रणबीर रिसेप्सनमा किन उपस्थित भएनन् भन्ने कुरा सबैको प्रश्न थियो ।

हालै, फेमोस्ली फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा दीपिकाले रिसेप्सनमा रणबीर नआउनुको कारणबारे जानकारी दिइन् ।

उनले भनिन, ‘हाम्रो अहिलेसम्म कुरा भएको छैन । मेरो मतलब रिसेप्सनअघि हामीबीच कुरा भएको थियो तर पार्टीपछि कुरा हुन सकेको छैन । तर उनी रणबीर हुन् । त्यसकारण उनी पार्टीमा नआएका कारण चकित छैन ।’

दीपिका भन्छिन, ‘हामीबीच यस्तै सम्बन्ध छ र यो सम्बन्धको यही नै राम्रो पक्ष हो जहाँ केही नभनिकनै धेरै कुरा थाहा पाइन्छ ।’

दीपिका रणवीरको रिसेप्सनमा रणबीर कपूरबाहेक आलिया भट्ट पनि उपस्थित थिइनन् । स्रोतका अनुसार दुबै पार्टी भएको दिन फिल्म ‘ब्रम्हास्त्र’को सुटिङ गरिरहेका थिए । आजकाल रणबीर कपूर, आलिया भट्ट डेट गरिरहेका छन् । यसबारे आलियाका बुवा महेश भट्टले पुष्टि गरेका छन् । एजेन्सी