१ कार्तिक २०८३, आइतबार

म्यानचेस्टर सिटी इएफए कपको सेमिफाइनल प्रवेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ४ पुस । साबिक विजेता म्यानचेस्टर सिटी इएफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लेस्टर सिटीलाई टाई ब्रेकरमा हराउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी अन्तिम चारमा पुगेको हो ।

मंगलबार राति लेस्टरको मैदानमा भएको क्वाटर फाइनलको निर्धारित र थप गरिएको समयमा बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

१४ औँ मिनेटमा केविन डी ब्राउनको गोलबाट सिटीले सुरुवाति अग्रता लियो । पछि परेको लेस्टरका लागि ७३ औँ मिनेटमा मार्क अलब्राइटनले बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलियो ।

पेनाल्टीमा लेस्टर कमजोर देखियो । किङ्ग पावर स्टेडियममा लेस्टर टाइब्रेकरमा ३–१ ले पराजित भयो । लेस्टरले तीनवटा पेनाल्टीमा गोल गर्न सकेन ।

म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङ्गले प्रहार गरेको पेनाल्टी पनि पोस्टमा लागन तर तीनवटा पेनाल्टीमा गो भयो र क्लब विजयी बन्यो । एजेन्सी