१ कार्तिक २०८३, शनिबार

दुबईको जेलमा रहेका खडगबहादुरको लागि सहयोग संलकन हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


मलेसिया । दुबईको जेलमा रहेका एक नेपालीका लागि सहयोग संकलन थालिएको छ । तेह्रथु जिल्लाको फिदाम गाउँपालिका–२ का खडगबहादुर जोगी मानव हत्याको अभियोगमा जेल परेपछि सहयोग अभियान थालिएको हो ।

दुबई अदालतले फिलिन्सका एक नागरिकको हत्यामा संलग्न रहेको भन्दै जोगीलाई आउँदो चैत ९ गतेसम्म २ लाख दिराम (६० लाख नेपाली रुपैयाँ) नबुझाए मृत्युदण्ड दिने फैसला सुनाएपछि सहयोग संकलन अभियान थालिएको छ । जोगीलाई ५ वर्ष कैद समेत तोकेको छ ।

आर्थिक अवस्था एकदमै दयनीय रहेको, घरमा वृद्धा आमा, श्रीमती र चार सन्तान रहेका जोगीलाई बचाउन गाउँपालिका, नगरपालिका, विभिन्न समाजिक संघसंस्था, समाजसेवीहरुले देशब्यापी आर्थिक संकलन अभियान समेत थालेका छन् ।

अभियानकै क्रममा नेपाल बाहेकको देशहरु मध्यको एक मलेसियामा २०७२ सालमा स्थापना भएको तेह्रथुम–मलेसिया सम्पर्क मञ्चले समेत आर्थिक कंलन अभियान तीब्र रुपमा अगाडि बढाइरहेको छ ।

तेह्रथुम–मलेसिया सम्पर्क मञ्चको अध्यक्ष प्रेम सुब्बाको अगुवाईमा आर्थिक सहयोग संकलन भैइरहेको छ । मलेसियामा अभियान थालेदेखि १२ हजार रिङ्गेट (नेपाली रुपैयाँ करिब ३ लाख ५० हजार) हाराहारीमा संकलन भैइसकेको र अझै मलेसियाको विभिन्न राज्यमा कम्पनीहरुमा कार्यरत नेपाली सहयोगी दाता, मजदुरहरुसँग आर्थिक संकलन गर्ने काम चलिरहेको छ । संकलित रकम छिट्टै जोगीको परिवारलाई हस्तान्तरण गरिने अध्यक्ष सुब्बाले बताए ।

२०७१ साल देखि दुबईमा कार्यरत उनी कम्पनीमा काम गरिहेकै बेला गाडीबाट खसेर घाइते भएका थिए । खडगबहादुरहरुले अस्पताल पु¥याएका उनको त्यहाँ पुग्नेबित्तिकै मृत्यु भएको थियो । सोही घटनामा त्यहाँको अदालतले उनलाई उल्लेखित सजाय सुनाएको हो ।