१ कार्तिक २०८३, शनिबार

एनआरएनएको तेस्रो अफ्रिका बैठकको तयारी पूरा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युगान्डा । गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ ।

आयोजक राष्ट्रिय एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यहि २९–३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भीक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासीया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ ।

बैठकको उदघाटन समारोहमा युगान्डा सरकारका तर्फबाट मन्त्रीको प्रतिनिधित्व हुने र बन्द सत्रमा समेत युगान्डा सरकार र निजी क्षेत्रका प्रतिनिधिबाट युगान्डाको आर्थिक बिकास र नेपाल सँग साझेदारीका सम्भावना बारे कार्यपत्र प्रस्तुत हुनेछन ।

गैर आवासीय नेपाली बिज्ञहरूद्वारा अफ्रिकाका ठूला विकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत हुने बैठकमा नेपालमा प्रबिधी र लगानीका साझेदारी र अनुभव साटन सकिने विषयमाथी समेत छलफल हुनेछ ।

अफ्रिकामा नेपाली कामदारहरूले भोग्नु परेका समस्या ,श्रम स्वीकृति र पासपोर्ट नवीकरण, दलालहरूद्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम रहेको एनआरएनए युगान्डाका पुर्ब अध्यक्ष रमेश कंडेलले बताए ।

बैठकमा कायरोस्थित नेपाली द२तावासका राजद२त झबिन्द्र अर्याल समेत संघका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष लगायत पदाधिकारीहरुको उपस्थिती रहने जानकारी संघका पूर्व आइसीसी सदस्य जीबनाथ पंगेनीले जानकारी दिए । मूल कार्यक्रम बाहेक नेपाली, युगान्डीयन र अफ्रिकिन सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठी पनि त्यहा सम्पन्न हुनेछ ।

बैठकको इभेन्ट पार्टनर रुपालिया ग्रुप युगान्डा र आइडिया फोर नेपाल रहेका छन ।