काठमाडौं । अस्ट्रेलियामा उच्च शिक्षा महँगो भएको छ। त्यहाँको सरकारले विश्वविद्यालयहरुलाई विगतमा दिँदै आएको अनुदान रकम यो वर्षको बजेटबाट कटौती गरेपछि शिक्षा महँगो हुन लागेको हो।
जानकारहरुका अनुसार अस्ट्रेलियन सरकारको यो निर्णयबाट अब उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने नेपाली लगायत विदेशी विद्यार्थी पनि प्रभावित हुने अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
यसअघि सरकारले आफ्नो बजेटको निश्चित रकम उच्च शिक्षाका लागि छुट्याउने गर्दथ्थो। जसले गर्दा सरकारी अनुदान लिएर विश्वविद्यालय तथा कलेजले विद्यार्थीबाट थोरै शुल्क लिएर पठनपाठन गराउँथे। अब भने विश्वविद्यालयमा लाग्ने पढाइ खर्च सवै विद्यार्थीबाट असुल्नुपर्ने हुन्छ ।













प्रतिक्रिया