३ कार्तिक २०८३, मंगलबार

सिभिल बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुष । सिभिल बैंक लिमिटेडले अजोड इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब अजोड इन्स्योरेन्सका वीमा सेवालाई सिभिल बैंकबाट लिन सकिने भएको छ । बैंकले ग्रहाकहरुले दशभरका ७१ ओटै शाखाहरुबाट बीमा पोलिसिहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे ।

सिभिल बैंकले यसअघि मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, यूनियन लाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्ससँग जीवन बीमा सम्बन्धी बैंकास्योरेन्स सम्झौता गरिसकेको छ ।