काठमाडौं । मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् ।
थाइल्याण्डकको बैंककमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् ।
मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरूले मिस युनिभर्सको ताज जितेका थिए ।
६७औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिररहेकी मनिता देवकोटा दशौं स्थानसम्म पुगेकी थिइन ।
















प्रतिक्रिया