५ कार्तिक २०८३, बिहिबार

मिस युनिभर्सको टप टेनमा परिन मनिता देवकोटा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनिता देवकोटा मिस युनिभर्स २०१८ को दशजनाको सूचीमा परेकी छिन३ । नेपालको प्रतिनिधित्व गरिरहेकी देवकोटाले फडको मारेकी हुन ।

थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।

देवकोटा एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी छन् ।

प्रतिस्पर्धीलाई आफ्नो बारेमा १५ सेकेण्डको मन्तब्य दिने अबसर दिइएको थियो । यही मन्तब्यका आधारमा टप १० प्रतिस्पर्धीको छनौट गरिएको थियो ।