
–वि.वि श्रेष्ठ
राप्रपाको हिन्दुराज्यको मागबाहेक नेपालका अन्य राजनैतिक दलहरुको दस्तावेज एवं प्रतिवेदन धेरैमा समानता पाउन सकिन्छ । समयानुकुल व्याख्याता र अदूर दृष्टिकोणका कारण दूरगामी दृष्टिकोण बनाउन नसक्नु, सत्ताभित्र रहँदा र बाहिर रहँदा देश र जनतालाई हेर्ने दृष्टिकोण, कार्ययोजनामा आकाश–जमिनको अन्तराल देखिनु नेपालका राजनैतिक दलका नेतृत्वको गम्भिर कमजोरी हो ।
देश विकास र जनताको जीवनस्तरका लागि स्पष्ट खाका बनाउनुभन्दा परिणाम आएपछि मात्र त्यसको बोध हुनु भनेको कमजोर मानसिकताको घोतक शिवाय केहि हुँदैन । नेपालका सन्दर्भमा पनि राजनीतिको नाममा यो सबै कमजोरीको परिक्षा बारम्बार भईरहयो भने यो अनादिकालसम्म यसरी नै चलिरहने निश्चित प्रायः छ ।

कुनै पनि पार्टीको मुख्य दस्तावेज भनेको पार्टीको मुख्य मेरुदण्ड हो । त्यसैको आधारमा पार्टी चल्ने गर्दछ । जुन देश र जनताको विकाससँग प्रत्यक्ष जोडिएको हुन्छ । देशको कुनै भाग, समुदायलाई मात्र नभई सिङ्गो देश र देशमा रहने जनताको विविध क्षेत्रसँग सम्बन्धित रहेर बनाईएको हुन्छ । त्यसैअनुसार राजनैतिक दलहरुको नेतृत्व तहले त्यसैको आधारमा गतिविधि सञ्चालन गरेको हुन्छ ।
चाहे राजनैतिक दल सत्तामा होस् वा प्रतिपक्षमा । तर पार्टीको दस्तावेज र प्रतिवेदन नै सत्तासिन र प्रतिपक्षमा रहँदा फरक–फरक हुने गर्दछ । यसको मुख्य कारण भनेको राजनैतिक दलको अदूरदृष्टिता र कमजोर मानसिकता शिवाय केही होईन । नेपालका राजनैतिक दलहरुको भुमिका पनि यहि हो । जुन आम नेपाली जनताले पटक–पटक परिक्षण गरिसकेका छन् । अझै भनौं यो परिक्षणमा आम जनताहरु अभ्यस्त बनिसकेका छन् । जुन देश र जनताका लागी अभिसाप शिवाय केहि हुँदैन । राजनैतिक दलका नेतृत्वको यहि शैलीमा जनता नामका पात्रहरु मसिहा बनेर व्यक्तिगत स्वार्थतामा लिप्त बनिरहेका छन् ।
आफूलाई लोकतन्त्रको एकमात्र जननी सम्झने नेपाली काँग्रेसको समाजवाद जनतालाई झुक्याउने नारा शिवाय केहि बन्न सकेन । विपीको नाम भजाएर लोकतन्त्रको नारा ओराल्ने काग्रेस सधैं सत्ता र शक्तिमा आफू रहँदा पनि लोकतन्त्रको रक्षा हुने दिवास्वप्न देख्छ । सत्तामा रहँदा मात्र लोकतन्त्रको रक्षा भएको सम्झने काँग्रेस सत्ता बाहिर रहँदा कम्युनिष्टको अधिनायकवाद देख्दछ र देश नै विलिन हुने र देश अधिनायकवादमा जाने, सैनिक शासन लागू हुने, जनताले दुःख पाउने हुन्छ भन्दछ, तर के कसरी र किन भन्ने व्याख्यातामा रम्दैन ।
पुर्खाको बलमा टेकेर आफूलाई सच्चा लोकतन्त्रवादी सम्झने काँग्रेस समय र विश्व राजनीतिलाई मिहिन ढंगले विश्लेषण गर्न सक्दैन । किनकि बजारमा बिकाउका लागि वोलिने शब्द र व्यवहारिक कार्यन्वयनका लागि गरिने व्याख्यातामा आकाश–जमिनको अन्तर पाईन्छ । यहि खोक्रो आडम्बरमा बाँचेको काग्रेस पूँजीवादी समाजलाई नै समाजवादको अंश ठान्दछ ।
यहि पुर्खाको बलमा टेकेर आफूलाई सच्चा लोकतन्त्रवादी सम्झने काँग्रेस समय र विश्व राजनीतिलाई मिहिन ढंगले विश्लेषण गर्न सक्दैन । किनकी बजारमा विकाउका लागि वोलिने शब्द र व्यवहारिक कार्यन्वयनका लागि गरिने व्याख्यतामा आकाश–जमिनको अन्तर पाईन्छ । यहि खोक्रो आडम्बरमा बाँचेको काग्रेस पूँजीवादी समाजलाई नै समाजवादको अंश ठान्दछ । उदारवाद शैली नै समाजवादको स्वरुप देख्ने काँग्रेस व्यक्तिगत सम्पति नै समाजवाद भन्दछ ।
जुन समाजवादको अर्थसँग पटक्कै मेल खाँदैन । केवल सत्ता र शक्तिको लागि गरिने राजनीति केवल जनताको आँखोमा छारो हाल्ने तत्व शिवाय केहि हुन सक्दैन भन्ने आम सत्यलाई समेत काँग्रेसभित्रका नव बौद्धिकता बोकेका नेताहरुमा देखिँदैन । उही विपीको समाजवादले धानेको काँग्रेस देश र जनताको स्तर उकास्न नसक्दा सतिले सरापेको देश भनेर ओरालिएको पाईन्छ । जुन विपीको समाजवादसँग मेल खाँदैन ।
व्यक्तिको धन सम्पत्ति हुनु हुँदैन, सबै व्यक्ति एकै हुन् । मान्छे–मान्छेबीच कुनै वर्ग हुदैन, जात, धर्म र लिङ्ग हुदैन भनेर वर्गविहिन समाज निर्माणका लागि भनेर लागेको कम्युनिष्ट आजको समयसम्म आईपुग्दा सबैभन्दा धनी बनिदियो । विश्वको राजनेता भनाउदाँहरुको हाराहारीमा आर्थिक समृद्धि बनाएको कम्युनिष्टहरु कम्युनिष्टको नाममा जनताको ध्यान भुटिदियो । कम्युनिष्टको न्युनतम मापदण्ड समेत नबुझेकाहरु सच्चा कम्युनिष्टका नाममा सम्मानित बन्नमा दौडिरहयो ।
नाममात्रको कम्युनिष्ट रहेको नेपालका सन्दर्भमा कम्युनिष्ट शब्द मागी खाने भाँडो बनिदियो । जुन नेपालका कम्युनिष्ट नेताहरुमा बेग्रल्ती पाउन सकिन्छ । योग्यता र क्षमता अनुसारको काम र काम अनुसारको दाम भनेर नथाक्ने श्रमजीवि वर्गको नेतृत्व गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि नाङ्गो बनिदियो । पार्टीको दस्तावेज र भोलिको कार्यनीति के भन्ने भन्दा पनि अनुकुलतामा रमाउने कम्युनिष्टहरु देशको नै सबैभन्दा भ्रष्ट बनिदियो ।
मनमोहन अधिकारी हुँदै मदन भण्डारीको दशकसम्म जनताको मनमा बस्न सफल कम्युनिष्टहरु आजको समयसम्म आईपुग्दा गन्हाउने फोहर बनिदियो । राजनीति केका लागि भन्ने ध्येय समेत नवुझेका कम्युनिष्टहरु प्रतिपक्षको हुँकारमा विर्को लगाउने अस्त्रलाई नै साम्यवाद भनिदियो । विषयवस्तुको गाम्र्भियता भन्दा पनि सतही व्याख्यतामा रमाउने रोग कम्युनिष्टको मुख्य उद्देश्य बनिदियो । पानी पर्दा र घाम लाग्दा देश र जनताको परिभाषा नै फरक फरक बनिदियो । सिद्धान्त विचार, दृष्टिकोण भन्ने शब्द नै रोग बनिदियो । स्वार्थता र गुटमा नै साम्यवादको परिभाषा अलग अलग बनिदियो ।
कम्युनिष्टको न्युनतम मापदण्डसमेत नबुझेकहरु सच्चा कम्युनिष्टका नाममा सम्मानित बन्नमा दौडिरह्यो । नाममात्रको कम्युनिष्ट रहेको नेपालका सन्दर्भमा कम्युनिष्ट शब्द मागि खाने भाँडो बनिदियो । जुन नेपालका कम्युनिष्ट नेताहरुमा बेग्रल्ती पाउन सकिन्छ । योग्यता र क्षमता अनुसारको काम र कामअनुसारको दाम भनेर नथाक्ने श्रमजीवि वर्गको नेतृत्व गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि नाङ्गो बनेको देखिन्छ ।
जबसम्म लोकतन्त्रवादी होस वा गणतन्त्रवादी सवैको मुख्य एजेण्डा भनेको जनताको समृद्धि, आर्थिकरुपमा सवलीकरण, रोजगारी र विकास हो भन्ने मुख्य विषयलाई आत्मासाथ गरि त्यहि अनुसार सिद्धान्त र विचारको प्रतिपादन हुदैन र त्यसको ठोस कार्यन्वयनको दूरगामी योजनाका साथ अगाडी वढ्दैन तबसम्म देश र जनता सवल र समद्ध बन्न सक्दैन ।
सत्ता र शक्तिका लागि गरिने राजनीति घातक हुन्छ भन्ने नबुझेर नै देश र जनताले अहिले भोग्न परेको पीडा हो । जुन क्षम्यलायक छैन । अझै पनि समाजवाद र साम्यवादका नाममा जनतालाई झुक्याउने हो भने जनतामा देखिएको त्यो शालीनता कुनै दिन तेजाव वनेर निस्कदैन भनेर भन्न सक्दैन । जुन विश्व राजनैतिक ईतिहासमा पटक–पटक देखिईसकेको छ ।















प्रतिक्रिया