१ कार्तिक २०८३, शनिबार

गोरखाकी भद्रिमायाको पोर्चुगलमा निधन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-भरत प्रधान

लिस्बन, २९ मंसिर । छोरा भेट्न पोर्चुगल आएकी एक नेपाली महिलाको पोर्चुगलमा  निधन भएको छ । गोरखा जिल्ला गण्डकी गांउपालिका– १, मकैसिङकी ६९ बर्षीया भद्रीमाया थापाको निधन भएको हो ।

६ महिना अघि आफ्ना छोरा राम थापालाई भेट्न पोर्चुगल आउनुभएकी थापा केही दिन अगाडी एक्कासी मष्तिष्कघात भई अचेत भएकी थिइन् । मष्तिष्कघात भई अचेत भएकी थापाको उपचारका क्रममा बिहीबार राती अस्पतालमा निधन भएको गैर आवासिय नेपाली संघ पोर्चुगलका महासचिव निराजन सुवेदीले जानकारी दिए ।

मृतक थापाको शव हाल सान्ता मारिया अस्पतालको शव गृहमा राखिएको महासचिव सुवेदीले बताए । उनको पोर्चुगलमै दाहसंस्कार गरिने बताइएको छ । मृतक थापाको ६ छोरा र दुई छोरी रहेका छन् ।