२९ आश्विन २०८३, बिहिबार

विमानमा मानिसको मुटु छुटेपछि…

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । सियाटलबाट डालासका लागि उडेकी एक अमेरिकी विमानमा मानिसको मुटु छुटेको थाहा पाएपछि पुनः उडेकै ठाउँमा फर्किएको छ ।

साउथवेष्ट एयरलाइन्सका अनुसार मानिसको मुटु सियाटलबाट क्यालिफोर्नियाका लागि ल्याइएको थियो । त्यो मुटु क्यालिफोर्नियाको अस्पतालमा भविष्यमा भल्भ रिकभरीका लागि बिरामीमा प्रत्यारोपण गर्ने तयारी थियो ।

तर त्यो मुटु क्यालिफोर्नियामा विमान अवतरण हुँदा निकालिएन । त्यसपछि जहाज डालासका लागि उडेको थियो । आधा दूरी पुगेपछि बल्ल जहाजमा मुटु रहेको थाहा भएको थियो ।

लगत्तै विमानले ‘यू–टर्न’ लियो । यो मुटु अहिलेसम्म कुनै बिरामीका लागि तोकिएको थिएन । यो घटना गएको आइतबार हो, तर स्थानीय समय अनुसार बिहीबार मात्रै जानकारी दिइएको हो । एजेन्सी