
काठमाडौं, २६ मंसिर । बैंकहरुले ब्याजदर वृद्धि गर्ने क्रम तत्कालका लागि रोकिने भएको छ ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग विभिन्न बैंकका प्रमुखहरुले तत्कालका लागि ब्याजदर वृद्धि गर्ने क्रमलाई रोक्ने भद्र सहमति गरेको स्रोतले जनाएको छ ।
यसअघि बैंकहरुले ब्याजदर वृद्धि गर्ने तयारी गरेपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले असन्तुष्टि जनाएका थिए ।
अर्थमन्त्रालयले व्याजदर र पुँजी बजारका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठनसमेत गठन गरिसकेको छ । काम शुरु गरिसकेको समितिले यहि हप्ता भित्र प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ ।
राष्ट्र बैंकले तत्कालका लागि ब्याजदर वृद्धिलाई रोक्न भनेको हो । समितिको प्रतिवेदन आएपछि मात्रै सोका आधारमा ब्याजदर निर्धारण गर्न सकिने राष्ट्र बैंकको भनाई रहेको छ ।















प्रतिक्रिया