१ कार्तिक २०८३, शनिबार

गीतकार बुद्धवीरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दीर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थर्ड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।

संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ (पुस ७ गते) आयोजना गर्न लागेको कार्यक्रममा लामालाई गीत संगीत तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’सम्मान दिइन लागिएको हो ।

कार्यक्रममा फिल्म तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भने पुराना निर्देशक बन्नी प्रधानलाई प्रदान गरिने आयोजकले जनाएको छ । बन्नीले तिलहरी, देउकी लगायतका चलचित्र निर्देशन गरेका छन् ।

प्रधानलाई चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै र लामालालाई गीत संगीतमा पु¥याएको योगदानको कदर गर्दै सम्मान दिन लागिएको हो ।

अमेरिकामा रहेका अधिकाम्स कलाकार तथा प्राबिधिकको सहभागीता रहने कार्यक्रममा नायक, नायिका, गीतकार, पत्रकार लगायत २५ जना सम्मानित हुने आयोजक संस्था लभ एण्ड सपोट फाउण्डेसनका अध्यक्ष मनोज राइले जानकारी दिए ।

कार्यक्रमका लागि नेपालबाट कलाकार निर्देशक दिनेस डिसी र गीतकार लामा सहभागी हुँदैछन् । नेपाली संगीतिक क्षेत्रमा लामाले करिब ५ बढी गीत दिएका छन् ।