३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकको आईएमई लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । एनआईसी एशिया बैंक लिमिटेडले आईएमर्ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले देशभर रहेका एनआईसी एशिया बैंकका २ सय ७० वटै शाखाहरुबाट सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमापोलिसीहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरे ।

बैंकका हालसम्म देशभर २ सय ७० शाखाकार्यालयहरु रहेका छन् । यस्तै बैंकले २ सय ८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।