
काठमाडौं, २५ मंसिर । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र सुर्या लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।
योसँगै अब सुर्या लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई सिभिल बैंकका देशभरका शाखाहरुमार्फत ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।
सिभिल बैंकले यसअघि मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाललाईफ इन्स्योरेन्स र यूनियनलाईफ इन्स्योरेन्ससँग जीवन विमासम्बन्धी सम्झौता गरिसकेको छ ।















प्रतिक्रिया