स्विडेनको उत्तरी क्षेत्रमा रहेको जुक्कसजर्वीस्थित आइस होटल संसारमै प्रख्यात छ । जुक्कसजर्वीस्थित तोर्न नदीकिनारमा विगत २५ वर्षयता लगातार आइस होटल बनाउँदै आइएको छ । होटलभित्रको तापक्रम माइनस १० डिग्री रहने गरेको छ ।
यस्तो अनौठो होटलमा रहन बर्सेनि करिब ५० हजार पर्यटक जाने गर्छन् । डिसेम्बरदेखि पर्यटकहरू आउन सुरु गर्छन् । आइस होटलको निर्माणकार्य अक्टोबरदेखि सुरु हुन्छ र डिसेम्बरमा बनिसक्छ । पूरै होटल आइसबाट बनेको हुन्छ । होटल बनाउन बर्सेनि करिब सय मानिसलाई परिचालन गरिन्छ । होटलभित्रको वास्तुशिल्पी विभिन्न देशको संस्कृति झल्किने खालको हुन्छ ।
आइस होटल बनाउने कामको औपचारिक आरम्भ मार्च महिनादेखि सुरु हुन्छ, जब तोर्न नदीको बाफ पग्लिन सुरु हुन्छ । यी आइसलाई अक्टोबरसम्म कोल्ड स्टोरेजमा राखिन्छ । यिनै बफरका ढिक्काहरूबाट होटलको भवन, भाँडाकुँडा, फर्निचर आदि बनाइन्छ । होटलमा बर्सेनि ६१ वटा कोठा बनाइन्छ, जसको इन्टिरियर ११ देशका ४२ डिजाइनले गर्छन् । अप्रिलको अन्त्यतिर यो होटल पग्लिएर सकिन्छ र यसको पानी तोर्न नदीमा गएर मिसिन्छ । एजेन्सी














प्रतिक्रिया