
लेगोस, नाइजेरिया । एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्षमा बिश्वास पौडेल चयन भएका छन् । वर्तमान अध्यक्ष जनक बिष्ट नेपाल फर्कन लागेकोले बाँकी कार्यकालका लागि पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल यसअघि संघका उपाध्यक्ष थिए ।
त्यसैगरी संघले यहीँ डिसेम्बर २९ र ३० मा युगान्डाको कम्पलामा आयोजना हुने तेस्रो अफ्रिका बैठकलाई अमेरिकन डलर पाच सय सहयोग गर्ने निर्णय गरेको छ । त्यसै गरि एनआरएनए अन्तर्रास्ट्रिय समितिले सम्पन्न गर्न लागेको जानकी मन्दीर उज्यालो परियोजनाका लागि नाइजेरियाबाट सहयोग जुटाउन सचिव अभिषेक मान सिंहलाई संयोजक तोकेको छ ।
यस अघि एनआरएनएको अन्तरास्ट्रिय समितिको एक एनसीसी एक परियोजना अन्तर्गत कैलाली, मकवानपुर, खोटाङ, सुनसरी र रसुवामा पाँच वटा जिल्कामा परियोजना सम्पन्न गरिसकेको संघले अब छैटौं परियोजना नेपालको अर्को नया जिल्लामा यथाशीघ्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष जनक बिष्टको सभापतित्वमा सम्पन्न बैठकमा अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा र सदस्य चिरञ्जीवी रोकाको समेत उपस्थिती थियो ।















प्रतिक्रिया