
काठमाडौं, २१ मंसिर । आइएमई पेका सेवाग्राहीहरूले अवदेखि बैंक अफ काठमाडौँ लिमिटेडको खातामा लिंक गरि आइएमई पे वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् ।
बैंक अफ काठमाडौँले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिंक गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ ।
साथै बैंक अफ काठमाडौँका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाडौँ बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएसँगै ग्राहकहरुले यो सुविधा पाउने भएका हुन् । बैंक अफ काठमाडौँ लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हो ।















प्रतिक्रिया