– लक्ष्मी काफ्ले
झट्ट हेर्दा काँकरभिट्टा नाकामा सुरक्षा स्थिति निकै नै कडा पारेको देखिन्छ ।
तस्करी रोक्न नेपाल प्रहरी अनि शसस्त्र प्रहरीलाई हतियार सहित खटाइएको छ ।
तर, मेची पुलबाट केही मिटर दक्षिणमा पर्ने गाउँ ‘भान्साखोला’ हेर्दा रमाईलो ठाउँ देखिएपनि यहाँको कहानी भने बेग्लै छ । भान्सा खोलाका अधिकांशको रोजिरोटी सुपारी सीमा कटाउनु नै हो ।
उनीहरु निर्धक्कसँग भन्छन्, ‘यहि सुपारी नै हाम्रो कमाई खाने मेलो हो । हामी सबैले गर्ने सुपारीकै काम हो ।’ भान्साखोलामा बस्ने नेपाली मात्र होईन, सीमापारीका केही भारतीय नागरिकको पनि दैनिकी सुपारी सीमा कटाउनु नै हो ।
















प्रतिक्रिया