२९ आश्विन २०८३, बिहिबार

चेक साट्दा अब सय रुपैयाँसम्म शुल्क तिर्नुस !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

national-bank-nepal1काठमाडौं, १६ माघ । बैंकमा चेक क्लियरिङ गर्दा अब शुल्क तिर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई शुल्क लिन छुट दिएपछि चेक क्लियरिङ गर्दा शुल्क लाग्ने भएको हो ।

नेपाल बैंकर्स संघले शुक्रबार सूचना जारी गरी बैंकहरुलाई ग्राहकबाटै शुल्क लिन भनेको छ ।

नेपाल राष्ट्र बैंकले एनसिएचएललाई तिर्नुपर्ने शुल्क ग्राहकबाटै उठाउने नीति बनाएपछि चेक राफसाफ (क्लियरिङ) गर्दा बैंकहरुले ग्राहकबाट शुल्क लिएका हुन् ।

नेपाल बैंकर्स संघको सूचना अनुसार पाँच सय भन्दा माथिदेखि ५ हजार सम्मको चेकमा ग्राहकले ५ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, ५ हजारभन्दा माथिका चेकमा १० रुपैयाँ, विदेशी मुद्राको चेकमा १५ रुपैयाँ, स्पेशल क्लियरिङ चेकमा सय रुपैयाँ र चेक फिर्ता भएमा पनि सय रुपैयाँ लाग्ने छ ।

न्युनतम ५ सय रुपैयाँसम्मको चेकमा भने शुल्क लाग्ने छैन् । नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले बैंकहरुको खर्च बढेकाले यस्तो व्यवस्था ल्याउनु परेको बताउनुभयो ।