नयाँदिल्ली १६ माघ । आंतकवादीको गतिविधी रोक्न भारतले ६२ हजार सुरक्षाकर्मीको भर्ती खोलेको छ ।
भारतको केन्द्रीय कर्मचारी चयन आयोग (एसएससी)ले केन्द्रीय सुरक्षा बलमा ६२ हजार ३ सय ९० पदका लागि भर्ती खोलेको हो ।
एसएससीका अनुसार नेपाली युवालाई पनि सहभागि गराउने विषयमा छलफल भएको छ ।
सशस्त्र सीमा बल एसएसबीमा नेपाली युवालाई भर्ना लिन सकिने, प्रक्रियामा जादा समय लाग्ने भएकाले अहिले नै भर्ती हुन भने नेपालीले पाउने छैनन् ।
आगामी दिनमा प्रक्रिया सकेर नेपाली युवालाई भर्ती गराउने तयारी भइरहेको एसएससीले जनाएको छ ।
आयोगका मातहतका सुरक्षाबलहरु बीएसएफ, सीआईएसएफ, सीआरपीएफ, एसएसबी, आईटीबीपी, असम राइफल्स, एनआईए र एसएसएफमा अलग–अलग पदका भर्ती खोलिएको घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरक्षा आयोगका अनुसार यी पदका लागि २१ फ्रेवरीसम्म आवेदन खुल्ला गरिएको छ । एसएससी बाहेक अन्य पदका लागि भर्ती परीक्षा अनलाईनबाट हुनेछ । सिपाई भर्ती हुन अनलाइनबाट समेत आवेदन दिन सकिनेछ ।















प्रतिक्रिया