११ कार्तिक २०८३, बुधबार

डिस्को, पव,दोहोरी जान नागरिकता बोक्नुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । प्रहरीले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ ।

प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लार्य कडाईका साथ लागू गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बारमा १८ वर्षभन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रहरीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ ।

सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरूलाई प्रवेश गर्न दिनेछन् ।

कुनै सञ्चालकले कानून मिचेर कसैलाई छिराए प्रहरीले पक्राउ गरी कानून बमोजिम कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए ।