काठमाडौं, १७ मंसिर । युनिभर्सल पिस फेडेरसनका नाममा युनिफिकेसन चर्चका तर्फबाट नेपालमा भएको एसिया प्यासिफिक समिटको नेपाली क्रिस्चियनहरूले पनि विरोध गरेका छन् ।
आफूलाई जिससको सन्तान भन्ने सन म्योङ मुन र उनकी श्रीमती हाक जा हान मुनले पैसाको आडमा धर्मलाई विकृत बनाएको भन्दै विश्वभरि आलोचना हुँदै आएको छ ।
नेपालमा पनि सरकारको आडमा उनीहरूले क्रिस्चियन धर्मलाई बदनाम गरेको भन्दै विरोध भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘ढोकाढोकामा बाईबल बाँड्ने यिनीहरू जस्ताले क्रिस्चियन धर्मको बदनामा गरेका छन्, हाम्रो धर्मले यस्तो सिकाउँदैन’, अजाप्पे चर्चका पास्टर बुद्ध घिसिङले भने ।















प्रतिक्रिया