एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्न नमान्दा नमान्दै पनि शुक्रबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा पुगेका प्रधानमन्त्री सुशील कोइराला निराश हुँदै फर्किएका छन् ।
सहिद दिवसका अवसरमा सहिदप्रति सम्मान तथा श्रद्धाञ्जलि अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगेका प्रधानमन्त्री कोइराला आफ्नो सरकारी निवास बालुवाटार फर्कने क्रममा बिनाजानकारी प्रचण्ड निवास पुगेका हुन् । अध्यक्ष प्रचण्ड नेता डा बाबुराम भट्टराई र सचिव वर्षमान पुनलगायतका नेताहरूसँग पार्टीको आन्तरिक बैठकको तयारीमा थिए । एक्कासी प्रधानमन्त्री प्रवेश गरेपछि उनीहरु अलमलमा परे ।















प्रतिक्रिया