१ कार्तिक २०८३, आइतबार

जितसँगै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १६ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दै दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी पाँच बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३–१ ले हराएको हो । सिटीको जितमा बर्नार्डो सिल्भा, रहिम स्ट्रर्लिङ्ग र आइकेली गुण्डोगानले गोल गरे । बोर्नमाउथका लागि विल्सनले एक गोल फर्काए ।

१६ औँ मिनेटमा सिल्भाको गोलबाट सिटीले सुरुवाति अग्रता लियो । ४४ औँ मिनेटमा विल्सनले बोर्नमाउथका लागि बराबरी गोल फर्काए ।

तर दोस्रो हाफमा सिटीले थप दुई गोल गर्‍यो । ५७ औँ मिनेटमा स्ट्रर्लिङ्ग तथा ७९ औँ मिनेटमा गुण्डोगानले गोल गरेपछि सिटी ३–१ ले विजयी भयो । जितपछि उसको १४ खेलबाट ३८ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको १३ खेलबाट ३३ अंक छ । १४ खेलबाट २० अंक भएको बोर्नमाउथ १० औँ स्थानमा झरेको छ ।

राति नै भएको खेलमा वाट्फोर्डलाई २–० ले हराएको लेस्टर सिटी १४ खेलबाट २१ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । अर्को खेलमा वेष्ट ह्यामले न्युक्यासलमाथि ३–० को जित निकालेको छ । एजेन्सी